महोत्तरीको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा लाखौंको क्षति

रबिन्द्र प्रजापति, माघ ०९ गते रौतहट ।
महोत्तरीको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा लाखांैको क्षति भएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. १ स्थित सोनमा बजारमा स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा शनिबार राति आगलागी भएको महोत्तरीका प्रहरी पक्ता डिसपी प्रकाश विष्टले जानकारी दिए ।
मोटरसाइकल सेन्टरमा आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ। आगलगीबाट ३५ लाख बराबरको क्षति भएको आगो गौशाला नगरपालिकाको दमकल, प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए ।
आगलागी के कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

16 Push 077 final